नेपाल टेलिकमको नाफा ५ अर्ब ४३ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

२८ बैशाख २०७९, बुधबार १२:३८

काठमाडौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ७.५३% ले घट्न पुगेको हो । कम्पनीले गत आवको यसै अवधिसम्म ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता, टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी भने बढाउन सफल भएको छ । गत वर्ष टेलिकमले सेवा व्यापारबाट २७ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक बढाएर २८ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ४ अर्ब २२ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको नाफाबाट २०% बोनस सेयर दिएपछि यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको हो ।

टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ५२ रुपैयाँ ३१ पैसाबाट घटेर ४० रुपैयाँ २६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५११ रुपैयाँ ७७ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*