५६ अंकले बढ्यो शेयरबजार, बीमा सूचक चम्किँदा २ अर्बमाथिको कारोबार

२८ बैशाख २०७९, बुधबार १५:०९

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । गत महिनाहरुमा क्रमशः घटेको शेयरबजार वैशाख महिनाको अन्तिम साता एकाएक बढ्न पुगेको छ ।

बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले पनि शेयरबजार बढ्न पुगेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गएसँगै शेयरबजारमा एकाएक बृद्धि भएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

आज नेप्समा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समयका केही दिनयता एक अर्बभन्दा माथि कारोबार रकम उक्लिन नसक्दा आज नेप्से बढेसँगै कारोबार पनि केही बढेको छ ।

आज नेप्से परिसूचक ५६.०६ अंकले बढेर इन्डेक्स २३६९.०६ विन्दुमा पुगेको छ । साथै सबै सूचकमा उत्कृष्ट बृद्धि भएको छ । आज सर्वाधिक बीमा समुह चम्किएको छ । निर्जिबन बीमा समुहको २४३.७४ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, जीवन बीमा समुहको २१७.१७ रुपैयाँले बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*