सगरमाथा इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२८ बैशाख २०७९, बुधबार १८:०८

सगरमाथा इन्स्योरेन्स कम्पनीको २५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित लाभांश पारित पारित गरेको हो ।

अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त सभा आज काठमाडौंको लैनचौरस्थित निचौर व्यांकेटमा सम्पन्न भएको हो ।यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७४/७८ मा १६.०५ प्रतिशतले व्यवसाय वद्धि गर्दै २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेको छ । एनएफआरएस अनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

त्यसैगरी, सो अवधिमा कम्पनीको व्यवसाय २१.९७ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ ।

साथै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सोसंग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*