मर्जरको प्रकृयामा रहेको एभरेष्ट इन्स्योरेन्सको खुद नाफा घट्यो, अन्य सूचांक कस्तो ?

२९ बैशाख २०७९, बिहीबार १०:५३

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सँग मर्जर सम्झौता गरेकोएभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । मर्जरको प्रक्रियामा रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ ।* गत आर्थिक बर्षमा ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४३ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले यस त्रैमासको अवधिसम्म्मा १० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तुलनामा एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफा २६.२१ प्रतिशतले घटेको छ । मुनाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत प्रभावित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी १ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा ४६ करोड रुपैयाँ सञ्चित छ ।

चालु आवको नौ महिनाको अवधीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १२.३३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६७.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८.१५ गुणा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २२४.१८ रुपैयाँ रहेको छ ।

*सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*