रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरलाई मर्जरका लागि स्वीकृति
२९ बैशाख २०७९, बिहीबार १२:४२
काठमाडौं । विद्युत नियमन आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्टलाई मर्जरका लागि स्वीकृति प्रदान गरेको छ ।आयोगको वैशाख १९ गते बसेको १५६ औं बैठकको निर्णयले यी दुई हाइड्रोपावरलाई एक आपसमा गाभिन सहमति दिएको हो।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्टले एक आपसमा गाभिन २०७८ पुस २६ गते आयोगमा निवेदन पेश गरेका थिए।
मर्जपछि दुई हाइड्रोपावरको संयुक्त चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार पुग्ने छ।