निर्वाचनको अघिल्लो दिन शेयर बजार १८ अंकले घट्यो, दुई उपसूचक बाहेक सबै राताम्मे
२९ बैशाख २०७९, बिहीबार १५:२०
काठमाडौं । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०।४२ को विन्दुमा कायम भएको छ ।
यो साताको सुरुवाती दिनदेखि लगातार तीन दिन हरीयाली छाईरहेको शेयर बजारमा आज गिरावट आएको छ।
आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज उत्पादनमूलक क्षेत्र र अन्य बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आज नेप्से सेन्सेटिभ ०।५९ अंकले घटेको छ ।