शिवम् सिमेन्ट सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
२९ बैशाख २०७९, बिहीबार १५:२९
काठमाडौं । स्थानिय तहको निर्वाचनको अघिल्लो कारोबार एवं यो साता अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५०।४२ को विन्दुमा कायम भएको छ ।
आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज शिव्म सिमेन्ट्को सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ११ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
त्यस्तै, रादी विधुत् कम्पनी, अरुण भ्याली पावर, प्राइम लाइफ, नाग्दी, गुराँस लाइफ, अरुण काबेली, एनआईसी एशिया बैंक, नेपाल टेलिकम र नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।