सूर्योदय वोमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुन कम्पनी शेयर घट्यो ?
काठमाडौं । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सूर्योदय वोमी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, प्राइम लाइफ, युनियन लाइफ, गुराँस लाइफ, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन पावर र्पाटनर, युनाईटेड ईदी मर्दी, गणपति लघुवित्त, मध्यभोटेकाशी र समता लघुवित्तको शेयरमा ओरालो लागेको छ ।
तेह्रथुम पावर, युनियन हाईड्रोपवार, शिवम् सिमेन्ट्स, बुद्धभूमि पावर, बरुण हाईड्रोपावर, नेपाल फाइनान्स, बोर्टलर्स नेपाल (तराई), एनआईसी एशिया बैंक र एसबिएल डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
रादी विधुत् कम्पनी, अरुण भ्याली पावर, प्राइम लाइफ, नाग्दी, गुराँस लाइफ, अरुण काबेली, एनआईसी एशिया बैंक, नेपाल टेलिकम र नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।