कर्जा सुरक्षण कोषको सिईओ नियुक्तका लागि पुनः आवेदन

२ जेष्ठ २०७९, सोमबार ११:२०

काठमाडौं । अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको सिईओ पदको लागि नियुक्तिको लागि फेरि दरखास्त आह्वान गरेको छ। निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले २१ दिन भित्र अर्थात् जेठ २१ गतेभित्र दस्खास्त दिन आह्वान गरेको हो।

समितिले यस अघि कार्तिक ११ गते पनि सीइओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको थियो । समितिले सो समयमा आवेदन दिएकालाई समेत फेरि आवेदन दिन आग्रह गरेको छ भने कसैले आवेदन फिर्ता लिन चाहे १५ दिन भित्र निवेदन दिएर आवेदन फिर्ता लिन सकिने उल्लेख गरेको छ । आवेदन फिर्ता लिंदा आवेदनको राजश्व फिर्ता हुने समितिले जनाएको छ ।

छनोट सूचीमा परेका उम्मेदवारले आपूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण समेत गर्नुपर्ने समितिले जनाएको छ ।

के के चाहिन्छ योग्यता ?

मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानून, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधी हासिल गरी आर्थिक, बैंकिड, बीमा वा वित्तीय क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा पाँच वर्षभन्दा
बढीको कार्य अनुभव भएको।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*