आज चार प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

८ भाद्र २०८३, सोमबार ०८:४५

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज भदौ ८ गतेको मौसम पूर्वानुमान गरेको छ। जसअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ।

देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षा र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षाको सम्भावना छ।

यता आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लागि हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी बाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षाको सम्भावना छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यसम्मको वर्षा र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*