सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा
८ भाद्र २०८३, सोमबार ०९:५८

काठमाडौं । लक्ष्मी सनराइज बैंक कोष प्रवर्द्धक र एलएस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा भएको छ।
फण्डले गत आर्थिक वर्ष २०८२/८३ को लागि योजनाको इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो।









