सानिमा ग्रोथ फण्डको लाभांश घोषणा

८ भाद्र २०८३, सोमबार ०९:३०

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डको लाभांश घोषणा भएको छ।

सानिमा ग्रोथ फण्ड योजनाको गत आर्थिक वर्षका लागि योजना व्यवस्थापकको भदौ ५ गते साँझ साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले सो योजनाको इकाईधनीहरूलाई कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सानिमा ग्रोथ फण्ड बन्दमुखी किसिमको योजना हो। यस योजनाको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँको रहको छ। गत असार मसान्तसम्म खुद सम्पत्तिको मूल्य १०.५४ रुपैयाँ रहेको छ। लाभांश वितरणका लागि भदौ १८ गते एक दिनका लागि दर्ता किताब बन्द गर्ने निर्णय पनि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*