टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री गीता चौधरीको प्रतिबद्धता

८ भाद्र २०८३, सोमबार ०७:४१

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित ढंगबाट समाधान खोज्नुपर्ने बताएकी हुन् ।

सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाउँदै आएको बताउँदै अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको समेत बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*