एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

२ जेष्ठ २०७९, सोमबार ११:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भईरहेको छ। गठबन्धनका दल र एमालेबीच जिल्लामा ७/७ स्थानीय तहमा अग्रता लिएका छन् ।

एक स्थानीय तहमा चाहिँ राप्रपा एक्लैले अग्रता लिएको छ । राप्रपाका उम्मेदवार रवीन्द्र लिङ्देनले हल्दिबारीमा अग्रता लिइरहेका हुन् ।सत्ता गठबन्धनले समर्थन गरेका राप्रपा उम्मेदवार राम थापाले पनि दमकमा अग्रता लिइरहेका छन् । गठबन्धनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गणेश पोखरेल (भद्रपुर), हुकुमसिंह राई (कमल), फूलवती राजवंशी (गौरीगञ्ज), जयनारायण शाह (झापा), मनोज प्रसाईं (बुद्धशान्ति) र कालेन्द्रप्रसाद सिंह राजवंशी (कचनकवल) मा अगाडि छन् ।

कचनकवलमा कांग्रेसले अघोषितरुपमा नेकपा एमालेसँग तालमेल गरेको थियो । तर राप्रपाकी उम्मेवादर निमसरी राजवंशीले अहिलेसम्म अग्रता लिइरहेकी छन् ।

नेकपा एमालेका उम्मेवादरहरु गोपालचन्द्र बुढाथोकी (मेचीनगर), राजेन्द्रकुमार पोखरेल (कनकाई), वलदेव गोम्देन (अर्जुनधारा), मेगाहाङ्ग थोप्रा (शिवसताक्षी), पवित्रा महतरा प्रसाईं (विर्तामोड) र देवीप्रसाद चम्लागाईं (बाह्रदशी) मा अगाडि छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*