उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३ जेष्ठ २०७९, मंगलवार १५:२२

काठमाडौं । वैशाख ३० गतेदेखि बन्द रहेको शेयरबजार आजदेखि खुलेको छ । बजार खुलेको केही समयदेखि नै नेप्से घट्ने क्रम जारी रह्यो । प्रि ओपनिङ सेसनमा झिनो अंकले घटेतापनि कारोबार बन्द हुँदासम्म नेप्से इन्डेक्स ८४.९० अंकले घटेर २२६५ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँको कारोबार भएको छ ।

निर्वाचन पछि शेयरबजार बढ्ने प्रक्षेपण गरिएपछि आज निर्वाचन पछिको पहिलो कारोबार दिनमा नै यति ठूलो अंकको गिराव आउँदा लगानीकर्ताहरुमा थप नैराश्यता थपिएको छ । केही शेयर विज्ञहरुले स्थानीय तहको निर्वाचन पछि शेयरबजार बढ्ने दाबी समेत गरेका थिए ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक जाल्पा सामुदायिक लघपुवित्तको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ७९ लाख ९ हजार ५१३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ५ करोड ५६ लाख, सूर्या लाइफ इन्स्योरेन्सको ५ करोड ५२ लाख रुपैयाँ र अपर तामाकोशीको ५ करोड १९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*