शेयर बजारमा ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले धेरै गुमाए
३ जेष्ठ २०७९, मंगलवार १५:२७
काठमाडौं । शेयर बजार ८४ अंकले घट्दा २२६५।५२मा कायम भएको छ । शेयर बजारमा उच्च गिरावट आउदा तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज यूनाईटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, सूर्योदय वोमी लघुवित्त, बुद्धभूमि, इमजिङ नेपाल, दिव्यश्वरी हाईड्रोपावर, ग्रिन भेञ्चर, लिवर्टी इनर्जी, युनिभर्सल पावर र ज्योति लाइफका लगानीकर्ताले सबैभन्खा धेरै गुमाएका छन् ।