रिभर फल्स पावरको आईपीओमा ७ गुणाले ओभरसब्सक्राइब्ड

३ जेष्ठ २०७९, मंगलवार १९:१०

काठमाडौं । रिभर फल्स पावरको आईपीओ निष्कासनको आज ७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।

सीडीएससीका अनुसार आज मंगलबार साँझ ५ बजेसम्म यो आईपीओमा १५ लाख १७ हजार २८ आवेदकबाट १ करोड ७५ लाख ९२ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.९३ गुणाले बढी हो।

यो आईपीओमा भोलि जेठ ४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
रिभर फल्सको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत १० गते निष्कासन अनुमति दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*