रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

४ जेष्ठ २०७९, बुधबार ०७:४१

काठमाडौं । रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज बैंकिङ समयसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन ।

कम्पनीले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । रिभर फल्सले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*