आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयर बाँडफाँड

४ जेष्ठ २०७९, बुधबार ११:११

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री गरिएको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ ।

कम्पनीले वैशाख १२ गते देखि २१ गतेसम्म संस्थापक समुहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समुहतर्फको ८८ हजार ९३४ कित्ता अवतरित शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा प्राप्त बोलपत्रहरु खोली जेठ ३ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फको शेयरको लागि आवेदन पेश गर्ने आवेदकहरुलाई संस्थापकतर्फ १५१ रुपैयाँ कटअफ मूल्य र सर्वसाधारण तर्फ ४६५ रुपैयाँ कटअफ मूल्य राखी शेयर बाँडफाँड गरेको हो ।

साथै बोलपत्रवालाहरुको वाँडफाँडमा नपरेको बाँकि शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि बोलपत्रवालाले फाराममा उल्लेख गरेको बैंकको आइपिएसमा आबद्ध बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*