गोर्खाज फाइनान्सले १७ औं वार्षिक साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय

४ जेष्ठ २०७९, बुधबार १४:५४

काठमाडौं । गोर्खाज फाइनान्सको १७ औं वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले जेठ २७ गतेका लागि बोलाएको हो । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११।३० बजे भएको छ।

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गरिनेछ ।

संस्थाको प्रबन्धपत्र नियमावली सम्बन्धमा नियनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने भएकाले जेठ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*