नेप्से ८ अंकले बढ्यो, जीवन र निर्जिवन बीमाको उपसूचक राताम्मे
४ जेष्ठ २०७९, बुधबार १५:०९
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/Screenshot_1-11.jpg)
काठमाडौं । नेप्से ८ दशमलव ९० अंकले बढ्दा २२७४।४२ को विन्दुमा कायम भएको छ ।२२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।
आज हाईड्रोपावर समूहको उपसूचक उचालिएको छ। हाईड्रोपावर समूहको उपसूचक २।०८प्रतिशतले बढेको हो ।
त्यस्तै,पाँच कम्पनीको उपसूचक घटेको छ। आज जीवन, निर्जिवन बीमा, म्युचुअल फण्ड, उत्पादनमूलक क्षेत्र र ट्रेडिङको उपसूचक राताम्मे भएको छ।