हाईड्रोपावर समूहको उपसूचक उचालिँदा अरुण भ्यालीको भयो सर्वाधिक कारोबार

४ जेष्ठ २०७९, बुधबार १५:१७

काठमाडौं । नेप्से ८ दशमलव ९० अंकले बढ्दा २२७४।४२ को विन्दुमा कायम भएको छ ।२२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।

आज हाईड्रोपावर समूहको उपसूचक उचालिएको छ। हाईड्रोपावर समूहको उपसूचक २।०८प्रतिशतले बढेको हो । हाईड्रोपावर समूहको उपसूचक सूचकमा उछाल आँउदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको ५ करोड ३८ लाख ३० हजार रुपैयाँको शयेर कारोबार भएको हो ।शेयर बजारमा सामान्य सुधार आँउदा जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ९५ लाख रुपैयाँ, हिमालयन डिष्टलरीको ४ करोड ३९लाखरुपैयाँ, नेपाल लाइफ को ३ करोड ९० लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ६२ लाख रुपैयाँ र रादी जलविधुत् कम्पनी ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*