रिभर फल्स पावरको आइपीओ भर्ने अन्तिम दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । रिभर फल्स पावरको आइपीओ भर्ने अन्तिम दिनमा २ करोड ११ लाख ३२ हजार ८२० कित्ताका लागि आवेदन परेको छ । आज साँझ ५ः१७ बजेसम्ममा १८ लाख ३८ हजार ४३१ जना सर्वसाधारणले २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८.३२ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको हो । कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेकामा ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको हो ।
आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।