अर्थमन्त्री शर्मा तीन अर्ब काण्डमा मुछिए ! हिमालयन रिसँग जोडियो नाम

५ जेष्ठ २०७९, बिहीबार ०९:०१

काठमाडौं । कुनै समय देश बनाउने सफल व्यक्तित्व, उज्यालोका नायक भनेर चिनिएका वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरमाथि माफियासँग मिलेर नीतिगत भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको छ ।

आज प्रकाशित आर्थिक दैनिकमा प्रकाशित समाचार अनुसार अर्थमन्त्री शर्माले यसअघि विष्णु पौडेलको पालामा तीन अर्बभन्दा बढि घुस सेटिङमा लाईसेन्स दिएको हिमालयन रिसँग मिलेर सरकारी कम्पनीको तीन अर्ब व्यवसाय खोसेर निजि कम्पनीलाई दिएका छन् । माफियाहरुले सञ्चालन गरेको हिमालयन रि नामक कम्पनीसँग अर्थमन्त्री शर्माको नाम जोडिएपछि उज्यालोका नायकको व्यक्तिगत छविमाथि गम्भिर प्रश्न चिन्ह उठ्न पुगेको हो ।

बीमा समितिमा बढ्दो राजनीतिक हस्तक्षेपमा अर्थमन्त्री शर्मा रमिते बनेका कारण पनि उनको आगामी यात्रा थप कठिन बन्ने देखिएको छ । रोचक कुरा के छ भने वर्तमान गठबन्धन सरकारले तथानाम गाली गर्ने ओली नेतृत्वको पालामा भएको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा अर्थमन्त्री शर्मा हिस्सेदार बन्न पुगेका छन् ।

हिमालयन रिसँग करोडौंको सेटिङ गर्दै अर्थमन्त्री शर्मा

नेपाल पुनर्बीमाको भाग खोसेर हिमालयनलाई वार्षिक तीन अर्ब फाइदा पुग्ने निर्णय हुँदै

हेरौं समाचार ।

 

 

One thought on “अर्थमन्त्री शर्मा तीन अर्ब काण्डमा मुछिए ! हिमालयन रिसँग जोडियो नाम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*