करिब १ करोड कित्ता हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनीले बोर्डसँग माग्यो अनुमति

५ जेष्ठ २०७९, बिहीबार १२:१८

काठमााडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले सेबोनमा अनमति माग्दै आवेदन पेश गरेको हो ।

कम्पनीले गत वैशाख २८ गते हकप्रद जारीको लागि बोर्डमा निवेदन दिएको हो । यसअघि कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारीको लागि अनुमति पाइसकेको छ । जसअनुसार आयोगबाट अनुमति प्राप्त निवेदन बोर्डसमक्ष पेश गरेको थियो ।

राधी विद्युत कम्पनीले १ः१.४७२५ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार रुपैयाा बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले सो रकम बराबरको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ९५ लाख ३५ हजार ७६० कित्रँ हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएपश्चात् कम्पनीले हकप्रद जारीको लागि मिति तय गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*