आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
५ जेष्ठ २०७९, बिहीबार १५:२४
काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, यूनियन हाईड्रोपावर, सूर्यादय वोमी लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स र वुद्धभूमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।