आइपीओ निष्काशन गर्न दुई हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

५ जेष्ठ २०७९, बिहीबार १६:०४

काठमाडौं । विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इजर्नी डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन पेश गरेका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले गत वैशाख ८ गते बोर्डमा निवेदन दिएको थियो ।

त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले गत चैत २ गते बोर्डसमक्ष सेबोनमा निवेदन पेश गरेको थियो ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*