विन नेपाल लघुवित्तको शेयर फुकुवा, बुक क्लोजको मिति ७ दिनअघि पठाउन नेप्सेको निर्देशन

५ जेष्ठ २०७९, बिहीबार १८:३८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरेको छ । लघुवित्तले बुकक्लोज गर्नुभन्दा ७ दिनअघि नेप्सेलाई जानकारी नगराएको भन्दै व्यवस्था उल्लंघन गरेकोमा जेठ ३ गतेदेखि स्पष्टिकरण माग्दै नेप्सेले सो कम्पनीको शेयर रोक्का गरेको थियो ।

नेप्सेले आगामी ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा लघुवित्तले भुलबस त्रुटी हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावलीको धितोपत्र सूचीकरण सम्बन्धि सम्झौता पालना गर्ने प्रतिबद्धता जनाएकोमा नेप्सेले शेयर फुकुवा गरिदिएको हो ।

साथै नेप्सेले सो कम्पनीको शेयर दाखिला खारेज बन्द (बु्कक्लोज)को मिति पुनः तोकि सो जानकारी कम्तिमा ७ दिन अगाडी नेप्सेमा पठाउन अनुरोध गरेको छ । जेठ ५ गतेको निर्णयअनुसार नेप्सेले धितोपत्रको दोस्रो बजार कारोबार जेठ ६ गतेबाट फुकुवा गर्ने जनाएको छ ।

कम्पनीले यसअघि जेठ ३ गते आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सो प्रयोजनार्थ लघुवित्तले लाभांश घोषणा गरेको मितिमा नै बुकक्लोज गरेको थियो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यवस्था उल्लंघन गरेको भन्दै शेयर कारोबार रोक्का गरिदिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*