पहिलो शुक्रबार : नेप्से १५ अंकले घट्दा १२ उपसूचक राताम्य, कारोबारमा देखिएन रौनकता
काठमाडौं । नेपाल सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार पनि कारोबार खुलाउने निर्णय गरेको थियो । सोहीअनुसार आज पहिलो शुक्रबार शेयरबजारमा २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको कारोबार भएको छ ।
पहिलो शुक्रबार कारोबार हुँदा शेयरबजार १५.८२ अंकले घट्न पुगेको छ भने इन्डेक्स २२३५.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समुह बाहेकका सबै सूचक राताम्य भएका छन् ।
जेठदेखि लागू हुनेगरी शुक्रबार पनि शेयरबजार खुल्ने निर्णय भएपनि केही नयाँ लगानीकर्ताहरुमा जानकार नभएको कारण पनि आज शेयरबजार सधैंझै उत्साहजनक देखिएन । त्यसैमाथी बैकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव र आर्थिक संकटका कारण र स्थानीय तहको निर्वाचनको मतगणनाको क्रम अझै नसकिएको कारण पनि त्यसको प्रभाव शेयरबजारमा पर्न देखिएको हो ।
नेप्सेमा रहेको उपसूचकमध्ये आज सर्वाधिक निर्जिबन बीमा सहुको १३९.४३ रुपैयाँ र जीवन बीमा समुहको १२२.७७ रुपैयाँले घट्न पुगेको छ ।