अपि पावरको हकप्रद शेयर बाँडफाँड
८ जेष्ठ २०७९, आईतवार ११:१२
काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले लिलामीमा बिक्री खुल्ला गरेको उक्त हकप्रद शेयर जेठ ५ गते बाँडफाँड गरेको हो ।
कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ः०.३९३६ अनुपातमा कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । जसमा रितपूर्वक आवेदन दिएका १ लाख १३ हजार १५३ जना लगानीकर्तालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद बाँडफाँड गरिएको हो ।
साथै बिक्री हुन बाँकी रहेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद शेयर अब लिलामीमार्फत बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । साथै बाँडफाँडमा नपरेको शेयरधनीहरुको शेयर वापतको रकम जेठ ९ गतेदेखि सम्बन्धित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।