सुनको भाउ ७०० रुपैयाँले बढ्यो
८ जेष्ठ २०७९, आईतवार १२:१८
काठमाडौं । सुनको भाउ ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत साताको अन्तिम कारोबार दिन पनि सुन प्रतितोला एक हजार रुपैयाँले बढोत्तरी भएर ९७ हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको भाउ लगातार तेश्रो दिन बढेको हो ।
साताको पहिलो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।