ह्वाइट फेदर्स ज्वेलरीले मेयरमा बालेन शाह बिजेता भएमा गहना किन्दा छुट दिने
८ जेष्ठ २०७९, आईतवार १८:४९
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/Screenshot_6-7.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो ।
सुनको गहनामा ज्याला जर्ती निःशुल्क, चाँदीको गहनामा ३० प्रतिशतसम्म र हीराको गहनामा ४० प्रतिशतसम्म ज्यालामा छुट दिने ज्वेलरीले घोषणा गरेको छ । न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक स्किनर रसाइलीले स्थानीय तहको निर्वाचनलाई आफ्ना ग्राहकलाई छुट दिने अवसरकारूमा लिएको बताए ।
उनले युवाको आकर्षणकारूपमा रहेका बालेनले जितेमा आफ्नो पसलमा आउने जोकोही ग्राहकले उक्त छुट पाउने बताएका छन् ।