पुँजी बढाउन जनरल इन्स्योरेन्सले हकप्रद शेयरको बाटो रोज्यो, स्वीकृत हुन बाँकि

९ जेष्ठ २०७९, सोमबार १०:५४

काठमाडौं । जनरल इन्स्योेरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकबाट नियमक निकाय बीमा समितिबाट स्वीकृति लिई कायम चुक्तापुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले जेठ ६ गते हकप्रद जारी गर्नको लागि बीमा समितिमा प्रस्ताव पेश गरेको थियो । सोही अनुसार समितिले कम्पनीलाई हकप्रद शेयर निष्काशन गरेर पुँजी थप गर्न स्वीकृति दिएको हो ।

बीमा समितिले चालु आर्थिक वर्षभित्र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी र निर्जिबन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार पछिल्लो समय बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् ।

यसैबीच जनरल इन्स्योरेन्स कम्पनीले पनि पुँजी बृद्धि गर्न हकप्रद शेयर जारीको बाटो रोजेको देखिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपश्चात् कम्पनीले हकप्रद शेयर निष्काशनको मिति तय गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*