रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदै, करिब १६ लाखको हात खाली

९ जेष्ठ २०७९, सोमबार १२:३३

काठमाडौं । रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर आज दिउँसो ४ बजे बाँडफाँड हुने कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा १५ लाख ९६ हजार ३८७ जना आवेदकको हात खाली हुने देखिएको छ। कम्पनीको आइपीओमा १८ लाख ५० हजार २७७ आवेदकमध्ये ८६.२८ प्रतिशत (एक सय जनामा ८६ जना) ले सेयर नपाउने भएका हुन् । उक्त व्यवस्था बमोजिम २ लाख ५३ हजार ८९० जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेछन् ।

कम्पनीको आइपीओमा ८.३७ गुणा बढीले आवेदन दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*