२२ सय विन्दुुमा झर्यो नेप्से इन्डेक्स, शेयरबजार ३४ अंकले घट्दा १३ उपसूचक नै राताम्य
काठमाडौं । नेपाल सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै धितोपत्र बोर्डले समेत शेयरबजार आइतबार बन्द गर्ने निर्णय गरेको थियो । हप्तामा ५ दिनमात्रै खुल्ने शेयरबजार आइतबार बिदा हुने भएसँगै बोर्डले लगानीकर्ताको माग अनुसार शुक्रबार शेयरबजार खोल्ने निर्णय गरेको थियो ।
सोही अनुसार गत शुक्रबार शेयरबजार खुलेतापनि खासै उत्साह देखिएन । पहिलो शुक्रबार कारोबार भएको कारण पनि उक्त दिन एक अर्बको कारोबार सम्म हुन सकेन । नेप्से परिसूचक १५ अंकले घटेर ९३ करोडको कारोबारमा सीमित हुन पुगेको थियो ।
सोमबार शेयर बजारमा प्रि ओपनिङ सेसनमा झिनो गिरावट आएपनि मध्यान्तरसम्म उच्च अंकको गिरावट आएको छ । बैकिङ्ग क्षेत्रमा देखिएको तरलता संकट र बैंकहरुले कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेको कारण पनि शेयरबजारमा प्रभाव देखिएको हो ।
आज नेप्से परिसूचक अंकले घटेर ३४.२१ अंकले घटेर इन्डेक्स २२००.८८ विन्दु तल झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९६ लाख १३ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से १.५३ अंकले घटेसँगै नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक बीमा समुहको उच्च घट्न पुगेको छ । आज जीवन बीमा समुहको २८५.८८ रुपैयाँ र निर्जिबन बीमा समुहको १६३.७९ रुपैयाँले घटेको छ ।