शेयर बजार राताम्मे हुँदा बीमा कम्पनीको शेयरमा गिरावट, कस-कसको घट्यो ?
९ जेष्ठ २०७९, सोमबार १५:१३
काठमाडौं । नेपाल स्टक एकस्चेञ्च (नेप्से)मा ३४।२१ अंकले घट्दा २२००।८८ मा कायम भएको छ ।मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ५।८९ प्रतिशतले घटेको हो ।
त्यस्तै, विन नेपाल लघुवित्त, तेह्रथुम पावर, प्रभु इन्स्योरेन्स कम्पनी, एलआईसी नेपाल, युनाईटेड इन्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र हिमालयन उर्जा विकासको शेयर सबैभन्दा धेरै घटेको छ।