सगरमाथा इन्स्योरेन्सद्धारा सर्वोच्च अदालतमा समेत सेटिङ !

९ जेष्ठ २०७९, सोमबार १५:४६

काठमाडौं । आगोलागी पीडित बीमितलाई कुनै पनि हालतमा दावी भुक्तानी नदिने भन्दै मुद्दा प्रक्रियामा अल्झाउँदैआएको सगरमाथा इरन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालतमा समेत सेटिङ गरेको आशंका गरिएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीले लाखौं रुपैयाँ खर्च गरेर भएपनि बुद्धनगरमा आगोलागीमा परेर सडकमा पुगेका गौरीशंकर फर्निचरका राम बहादुर कार्कीलाई दावी भुक्तानी नदिन सर्वोच्च अदालतै समेत सेटिङ गरेको आशंका गरिएको छ ।

गौरीशंकर फर्निसिङविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हारेका सिईओ चंकी क्षेत्रीले अहिले अल्पकालिन आदेशमार्फत फैसला कार्यान्वयन रोकिएको अवस्था छ । फैसला कार्यान्वयन रोक्नका लागि उच्च अदालत पाटनमा सेटिङ गरेको सगरमाथा इन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालतमा दोहोर्याउन पाउन माग गर्दै निवेदन दर्ता गरेको छ । सो निवेदनको पेशी यही जेठ ६ गते तोकिएको थियो । जेठ ५ गते अल्पकालिन आदेशमाथि उच्च अदालत पाटनमा छलफल नगरी हेर्न नमिल्ने भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनीको पक्षमा पेशी सारेको उच्च अदालत पाटनले जेठ १६ गते अर्को पेशी तोकेको छ ।

यता, सर्वोच्च अदालतले पनि जेठ ६ गते हेर्न नभ्याइनेमा परेको दोपाको निवेदनलाई पुनः जेठ १६ गते नै पेशीमा चढाउने फाँटले निर्णय गरेको छ । दुवै अदालतमा एकै दिन पेशी तोकिनुले सर्वोच्च अदालतमै सेटिङ भएको हो कि ? आशंका उब्जिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*