रिभर फल्स पावर कम्पनीको आईपीओे बाँडफाँड सम्पन्न, ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/riverfalls3.jpg)
काठमाडौं । रिभर फल्स पावर कम्पनीको आईपीओे बाँडफाँड आज सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड प्रभु क्यापिटको कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जस मध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको छ । यस हिसाबमा १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका छन् ।
आईपिओमा माग भन्दा बढीको परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको हो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।