एनआइसी एशिया क्यापिटलले जेठ १९ देखि ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने

१० जेष्ठ २०७९, मंगलवार ११:३०

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले यहि जेठ १९ गतेदेखि ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ निष्काशन गर्ने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*