नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

१० जेष्ठ २०७९, मंगलवार १३:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरेश र सेन्ट्रल फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो ।

साल्ट ट्रेडिङको सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत दरका २ लाख ३० हजार ४८२ कित्ता बोनस शेयर र सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत दरका ६ लाख ७८ हजार ३९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*