बलेफी हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बिएचएल’ सिम्बोलबाट आज सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुमा वितरण गरेको १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरेको १८ लाख २७ हजार ९७० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर समेत गरी जम्मा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात कम्पनीको उक्त शेयर धितोपत्र दोस्रो बजारमा भोलिदेखि नै कारोबारमा आउनेछ ।
कम्पनीको उक्त आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ९३ रुपैयाँ ६४ पैसादेखि २८० रुपैयाँ ९२ पैसासम्म पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।
सोही अनुसार कम्पनीले सोमूल्य पहिलो कारोबारका लागि पाउने देखिएको हो । कम्पनीको आव २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ ९३.६४ रुपैयाँ रहेको छ ।