दोहोरो अंकले बढ्यो शेयरबजार, ११ सूचकमा हरियाली छाउँदा जीवन बीमा समुह चम्कियो

१० जेष्ठ २०७९, मंगलवार १५:२०

काठमाडौं । स्थानीय तहको चुनावपछि लगातार ओरालो लागेको शेयरबजारमा आज केही सुधार देखिएको छ । मंगलबार शेयरबजार ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ ।

नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै १३ उपसूचकमध्ये आज ११ सूचक चम्किएको छ भने बाँकी ब्यापार र म्युचुअल फण्ड समूह घट्न पुगेको छ ।

सोमबार नेप्से इन्डेक्स घटेर २२ सयको विन्दुमा पुगेको थियो । आज केही हदसम्म बढेर २२१७.१९ को विन्दु कायम गर्न सफल भएको छ । नेप्सेमा झिनो बढोत्तरी देखिएतापनि शेयरको मात्रा र कारोबार रकममा भने खासै उत्साह देखिएको छैन ।

आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता संकटले घटेको शेयरबजार बजेट घोषणा मिति नजिकिएसँगै बढन् पुगेको हो । लगानीकर्ताहरु शेयरबजारमा राहत मिल्ने आशाले र्आिर्थक वर्ष २०७९।०८० को बजेट घोषणाको प्रतिक्षा गरिरहेका छन् ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा समुह, उत्पादन तथा प्रशोधन समुह र विकास बैंक समुह सर्वाधिक चम्किएको छ । जीवन बीमा समुह ७६.७४ रुपैयाँ, उत्पादन तथा प्रशोधन समुह ६०.७८ रुपैयाँ र विकास बैंक समुह ५३.३१ रुपैयाा र हाइड्रोपावर समुह ५१.६३ रुपैयाँले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*