बलेफी हाइड्रोपावरको आज कतिमा हुँदैछ कारोबार ?
११ जेष्ठ २०७९, बुधबार ११:१२
काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको आइपीओ मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘बिएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो ।
कम्पनीको शेयरले पहिलो कारोबारको लागि १०४ रुपैयाँ ७० पैसा पाएको छ । नेप्सेले हरेक कम्पनीको शेयर पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको आधारमा तोक्ने गर्दछ ।
बलेफी हाइड्रोपावरको आव २०७७।०७८ को वार्षिक प्रतिशेयर नेटवर्थ ९३.६४ रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीको पहिलो कारोबार १०४ रुपैयाँ ७० पैसामा भएको हो ।