नेप्सेद्धारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

११ जेष्ठ २०७९, बुधबार १७:२९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० कम्पनीको शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।

नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२।०७३ सम्मको वार्षिक सााधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित कम्पनीको शेयरधनीहरुले हालसम्म पनि बुझिलिन नआएको भन्दै सो लाभांश लिन आग्रह गरेको हो ।

नेप्सेले बुझिलिन बाँकी रहेको लाभांश कम्पनीको कार्यालय यूएनआई शान्तिमार्ग काठमाडौंमा सम्पर्क गर्न भनेको छ । साथै एक महिनाभित्र सम्बन्धित शेयरधनीहरुले उक्त लाभांश लिन नआाएको खण्डमा सो लाभांश ‘लगानीकर्ता संरक्षण कोष’मा जम्मा हुने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*