कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला भएको छ । कुमारी क्यापिटलले यस योजनाको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५५ अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ ।
कुमारी धनवृद्धि योजनामा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने जेठ २६ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।