स्वेतगंगा हाइड्रोपावरलाई पौने ४० करोडको आइपीओ जारी गर्न सेबोनको अनुमति
१२ जेष्ठ २०७९, बिहीबार ११:१४
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त कम्पनीलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो ।
कम्पनीले ३९ करोड ८२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसमक्ष निवेदन पेश गरेकोमा बोर्डले जेठ ११ गते सो कम्पनीलाई स्वीकृति दिएको हो ।
स्वीकृति पश्चात् कम्पनीले २५ प्रतिशत अर्थात् अंकित मूल्य १०० रुपैयाँ दरको ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ जारी गर्नेछ । आइपीओ निष्काशत पश्चात् कम्पनीको चुक्तापुँजी १.५१ अर्ब रुपैयाँ हुनेछ ।
कम्पनीले यसअघि आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटेड लिमिटेडलाई नियुक्त गरिसकेको छ ।