विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

१२ जेष्ठ २०७९, बिहीबार १२:२४

काठमाडौं । विन्धयबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर बाँडफाँड भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि वैशाख ११ गतेदेखि वैशाख २७ गतेसम्म बिक्री खुल्ला गरेको आइपीओ जेठ ११ गते बाँडफाँड गरेको हो ।

कम्पनीलिे आयोजना प्रभावित क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५,६ र ७ (साविक पसगाउँ तथा भोजे गा.वि.स) तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ (साविक मिजुरेडाँडाँ गा.वि.स) का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता तथा आयोजना अति प्रभावित क्षेत्र बाहेक लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासँग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका सबै वडाहरुका स्थानीय बासिन्दाहरुको लागि ३ लाख कित्ता शेयरहरु सानिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा बिक्री गरेकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिनेलाई आइपीओ बाँडफाँड गरिएको हो ।

आइपीओ बाँडफाँड सम्बन्धि रिजल्ट हेर्नको लागि धितोपत्र निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ र निष्काशन कम्पनीको वेबसाइट http://bindhyabasinihydro.com.np/ मार्फत हेर्न सकिनेछ ।
साथै संकलन केन्द्रबाट दरखास्त फाराम बुझाएका लगानीकर्ताहरुको बाँडफाँडमा आंशिक।नपरेका शेयर वापतको रकम यहिी जेठ १६ गते सोमबारदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमानन्तर गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*