नेप्से झिनो अंकले बढ्दा ८ उपसूचकमा छायो हरियाली, ८८ करोडको मात्रै कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सम्म ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा कायम भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान् र अन्य समूह बाहेकका सबै सूचक चम्किएको छ । सर्वाधिक जीवन बीमा समुहको ८९.८८ रुपैयाँ र उत्पादन तथा प्रशोधन समुहको २७.५५ रुपैयाँले बढेको छ ।
आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।
शेयर बजारमा सुधार देखिएपनि आज एक अर्बको पनि कारोबार हुन सकेन । यसअघिका दिनमा २।३ अर्बसम्मको कारोबार हुने शेयरबजारमा आज जम्मा ८८ करोडको मात्रै कारोबार भएको हो ।