नेप्सेमा उपकार लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

१२ जेष्ठ २०७९, बिहीबार १५:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘युएलबिएसएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ५६ हजार २५० कित्ता साधारण शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारी समेत) वितरण गरिएको ३६ प्रतिशत दरको २ लाख ३६ हजार २५० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेका ६४ प्रतिशत दरको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख ५६ हजार २५० कित्ता सूचीकृत भएको हो ।

सूचीकृत पश्चात उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ४०३ रुपैयाँ ९१ पैसादेखि अधिकतम १२११ रुपैयाँ ७३ पैसा पाउने देखिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ४०३ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेप्सेले जो कोही कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको तीनगुणा सम्म तोक्न सक्ने भएको कारण उक्त मूल्य पाउने देखिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*