‘द भ्वाइस अफ नेपाल सिजन–४’ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

१२ जेष्ठ २०७९, बिहीबार १७:३४

काठमाडौँ । नेपालको नम्बर वान सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुवन्ध भएको छ ।

बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसंगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ । नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुवन्ध हुन पाउनु पल्सरका लागि गौरवको बिषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बताए । पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरवीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए । नेपाली गीतसँगीत क्षेत्रको प्रर्बद्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीघकालीन अर्थ राख्ने उनले बताए ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपाल देशकै सवैभन्दा धेरै दर्शक भएको नम्बर एक रियालिटी शो हो । चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि जित्नेआकांक्षासहित आवेदन दिइसकेका छन् । अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्यामकडेलले जानकारी दिए ।

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम आगामी श्रावण महिनादेखि हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*